लेटाङ नगरपालिका वडा नम्बर – ९, जाँते भूमिगत जल सिचाइ कामको उद्घाटन

लेटाङ नगरपालिका वडा नम्बर – ९, जाँतेका जनप्रतीनिधीको प्रमुख सकृयता र अन्य समाजसेविहरुको पहलमा लेटाङ – ९, जाँतेमा भुमिगत जल सिचाइको कामको आज उद्घाटन प्रदेश सभा साम्सद माननिय उपेन्द्र प्रसाद घिमिरे र वडा अध्यक्ष कृष्ण लुइटेलको हातबाट संयुक्त रुपमा उद्घाटन गरिएको छ । साबिक जाँते वडा नम्बर – ९ को करिब ७० बिघा जग्गामा हिउँदे सिचाइका लागि उक्त आयोजना सुरु गरिएको हो । करिब २० लाखको लागत रहने उक्त आयोजनामा ९७% लागत प्रदेश नम्बर १ भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तरगत भुमिगत जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय बिराटनगरको रहने र ३% लागत स्थानीयको नगद र जनश्रमदानमा कार्य सम्पन्न गरिने आयोजनाका सचिब नवराज ढकालले जानकारी गराउनु भयो । स्थानिय समाजसेवि गणेश भण्डारीको जग्गामा आयोजना रहने साथै यसको कुनै समय सीमा नरहने भुमीगत पानी रहे सम्म आयोजना सन्चालनमा आउने र सिंचाइको लागि पानी आउन थाले पछि जाँते जल उपभोक्ता समितीलाई जिम्मा लगायेर छाडिने सहमति भएको कुरा आयोजनाका अध्यक्ष नन्दीकेशर निरौलाले बताउनु भयो । यो आयोजना साबिक जाँते गाबिसकै पहिलो आयोजना हो र यो आयोजना सफल भये पछि यसै वडामा ४ ओटा यस्तै आयोजना राखिने वडाको सोचाइ रहेको वडा सदस्य खेमराज ढाकालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *