गजल – दिपक कटुवाल

सनसार पुरै सफा शान्त छ अनि प्रकृतिले नया रुप फेरेको छ
हामी मानव जगतलाइ आज कोरोनाको महामारीले घेरेको छ

साथिभाइ घरपरिवार सग भेटघाट नभएको महिनौ भइसक्यो
अब त आफ्नैहरु सग पनि डराएर टाढा भाग्नु परेको छ

सडकमा गाडी गुड्न रोकियो आकाशमा जाहज नउड्ने भयो
सारा कुरा ठप्प हुँदा आफ्नै घर भित्रै थुनिएर बस्नु परेको छ

साथीभाइ घुम्न जादा टिकटक बनाउदै सेल्फी खिच्ने रहर हरायो
अस्ति अङ्कमाल गरेको साथिलाइ नमस्कारले टाढै रोक्नु परेको छ

बिहान जुरुक्क उठेर हातमुख नधोइ चिया पसल धाउने हामी
मुखमा माक्स अनि खल्तिमा सेनिटाइजर बोकेर हिड्नु परेको छ

हिजो सम्म प्रहरी मेरो साथी भन्दै हात मिलाउन जाने हामी
प्रहरीको भेनको साइरन बज्दा घरभित्र कुलेलाम ठोक्नु परेको छ

कोरोनाको डरले हामी मात्र हैन आज पुरै बिश्व आत्तिएको छ
यो महामारी हाम्रै गल्तिले त आएको हैन पक्कै हामी सच्चिनु छ

– दिपक कटुवाल, खादबारी-८ संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *