एकैदिन थपिए १६६ जना कोरोना संक्रमित

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये १६२ जना पुरुष छन् भने ४ महिला छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार पाँच सय ६७ पुगेको उनले बताए । जसमध्ये १४५० जना पुरुष र ११७ जना महिला छन् । पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २१, स्याङ्जा गल्याङका २७ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साको पटेर्वा सुगौली गाउँपालिकाका क्वारेन्टिनमा बसेका २२ देखि ३६ वर्षका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये कालीकोट शुभकालिकाका १९ वर्षदेखि ५२ वर्षका १३ जना र कालीकोटकै महावै गाउँपालिकाका २० देखि ४२ वर्षका ५ जना पुरुष संक्रमित छन् । यस्तै, दैलेख देवलकाँडाका १८ देखि २२ वर्षसम्मका ५ जना, नारायण नगरपालिकाका १६ देखि ४८ वर्षका ९ जना, दुल्लुका ३५ वर्षीय एक जना पुरुष, सिमडाका २६ वर्षीय एक जना पुरुष, रातापानीका ३८ वर्षीय पुरुष र साडुका २२ वर्षीय पुरुष छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा बाजुरा जुजुनाथका ४० वर्षीय पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा सल्यान कुपिन्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष छन् भने सुर्खेत बराहाताल–१ का ४ महिने शिशुको रिपोर्ट पोजेटिभ आएको हो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु शिवराजका ३२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको हो । यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ। उनीहरू सबै बाँकेका हुन्। जसमध्ये नेपालगञ्जका १६ देखि ४२ वर्षका चार जना पुरुष, नरैनापुरका २१ र २२ वर्षीय दुई पुरुष, वैजनाथका ३५ वर्षीय र खजुराका ३० वर्षीय पुरुष छन् । यस्तै, धरान वीपी स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ। उनीहरू सबै सप्तरीको राजगढका १७ देखि ४५ वर्षका पुरुष छन् । यस्तै, सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ। जसमध्ये कैलालीको भजनीका २३ वर्षीया, जानकी गाउँपालिकाका ३४ वर्षीया, त्रिनगर क्वारेन्टिनमा बसेका ४७ वर्षीय पुरुष रहेका छन्। कोशीमै गरिएको परीक्षणमा बाजुरा अस्पतालमा उपचाररत २ वर्षीया बालिका र २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, कोसी अस्पतालमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको छ । जसमा झापा गौरीगञ्जका २३ देखि ३९ वर्षका चार जना पुरुष छन् भने मोरङ विराटनगरकी ४५ वर्षीया एक महिला छन् । यसैगरी,  राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये धनुषाका १९ देखि ४६ वर्षका २१ जना पुरुष, कपिलवस्तुका २५ देखि ४१ वर्षका चार जना पुरुष, रौतहटका ४, ९, १२ वर्षीय बालकदेखि लिएर ५२ वर्षका पुरुष सहित २९ जना र सर्लाहीका एक वर्षीय बालकदेखि ५० वर्षका पुरुष समेत गरी १० जना छन् ।

(साभारः Onlinekhabar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *