उ र म – सौरभ भट्टराई

जीवन बुझ्नेले बुझि सके।
प्रगतिको शिखरमा पुगि सके ।
आत्मासन्तुष्टिको गहिरो सागरमा तैरिन थाली सके ।
अव अन्तिम इच्छा अन्तरिक्षमा कान्छिसँग चिर्यस गर्ने हो भनी
श्रीमतीले नसुन्ने गरी ठूला ठूला स्वरमा चिच्याउन थाली सके।

मन र मष्तिक नाप्ने मेसिन भोलि नै लन्च गर्दै छु भनी अन्तर्वार्ता दिन थाली सके।
पुस्तै पुस्तालाई पुग्ने सम्पत्ति कमाई सके ,
सबैको जीवन बिमा गरी सके भन्नेहरु राहत लिनु लाईनमा सबै भन्दा अगाडि उभि सके।
यो सृष्टि नासै भए पनि म एक्लै नँया साम्राज्य खडा गर्छु भनी गफ दिने नाष्तिकहरु
फुलपाति बोकी मन्दिरमा  वर माग्नु कुदी सके।

सर्वश्रेष्ठ विद्वान ज्ञानि हुँ भनी झ्याली पिट्नेहरु जेल भित्र पसी सके।
आफूलाई शक्तिशाली ठान्नेहरु छिमेकीको ढोका ढक्ढकाउन पुगि सके।
म भने एक गिलास रक्सिसँगको महायुद्दमा पराजित भई
हातमा जुत्ता बोकी सब थोक भुलि खुट्टा लरबराउदै विश्वयात्रामा हिडि रहे।

प्रगतिको गोरेटोमा पटक पटक चिप्लि रहे।
तैपनि आफ्नै पारामा रमाई रहे।
खै भन्ने अनि गर्ने के म त बीच बाटोमा यसै टोलाई रहे।
आत्मसन्तुष्टिको खोजिमा भोलिलाई पर्खि बसी रहे।
रात छँदा छँदै अर्के रातको खोजमा डुबि रहे।
त्यहि एक गिलास रक्सिलाई जित्ने दोैडमा कुदी रहे ।
जीवन बुझ्नेले बुझि सके,मैले यसै बर्बाद गरी रहे।

  • सौरभ भट्टराई                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *