प्रदेश सभा माननीय उपेन्द्रप्रसाद घिमिरे मार्फत बिरामीलाई सहयोग

राजु गौतम, लेटाङ, १९ जेठ – मुटु तथा उच्च रक्तचापका कारण लामो समयबाट पीडित तत्कालीन जाँते गाविस उपाध्यक्ष लेटाङ ८ का नरसिंह राईको उपचारार्थ प्रदेश सभा सदस्य माननीय सांसद उपेन्द्र प्रसाद घिमिरे तथा अन्य मार्फत उपचारको व्यवस्थापन गरिएको छ । सोमबार बिहान बिरामी राईको घरमै पुगी सांसद घिमिरे तथा नेकपाले नगद ५०,००० सहयोग गरेको थियो । सोमबार दिउँसो नै माननीय घिमिरेका स्वकीय सचिव राज शमशेर तथा युवा उर्गेन योञ्जन तामाङ समेतको सहयोगमा एम्बुलेन्स मार्फत थप उपचारार्थ बिराटनगर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *