लेटाङ नगरपालिकाद्वारा किसानहरुलाई मिनि पावरटिलर बितरण

लेटाङ, २४ जेठ । लेटाङ नगरपालिकाले ७ थान मिनि पावरटिलर किसानहरुलाई प्रदान गरेकाे छ । नगरपालिकाकाे ५० प्रतिशत अनुदानमा नगरपालिका क्षेत्रमा रहेका ७ वटा कृषक समुह तथा कृषकहरुलाई मिनि पावर टिलर दिईएकाे हाे । हाल गाेरु तथा राँगाद्धारा खेत जाेत्ने प्रचलन हराईरहेकाे र पावरटिलर वाट खेत जाेत्न सरल, सस्ताे तथा छिटाे हुने भएपछी किसानहरु यस प्रति आकर्षित भईरहेका छन् । किसानकाे मागका आधारमा एकथान पावरटिलर समेत दिईएकाे लेटाङ नगरपालिका कृषि शाखाका प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयाे । लेटाङ नगरपालिकाकाे २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५०% अनुदानमा कृषि औजार उपकरण वितरण कार्यक्रम अन्तर्गत कृषि विकास शाखाले खुलाएको माग प्रस्तावना आह्वानमा माग निवेदन दिएको सम्पुर्ण आवेदनकर्ताको माग अनुसार कृषि उपकरण वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयाे । कृषकहरुलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा उपप्रमुख कृष्णकुमारी निराैलाले उपकरण हस्तान्तरण गर्नुभएकाे थियाेा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *