लेटाङकै उत्कृष्ठ विद्यालय लक्ष्मी मावि घोषित
लेटाङ, २६ जेठ । लेटाङ नगरपालिकाले गरेकाे उत्कृष्ठ विद्यालयकाे मूल्याङ्कनमा लक्ष्मी माध्यमिक विद्यालय लेटाङ २ ले ८१ अंक सहित प्रथम स्थान हासिल गरि उत्कृष्ट बिध्यलय घोषणा भएको छ । जेठ २६ गते लेटाङ नगरपालिका स्तरीय प्रधानाध्यपक बैठकमा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राइले साेकाे जानकारी गराउँदै नगर भरीका सरकारी विद्यालयहरूमा उत्कृष्ठ हुन सफल भएकाेमा विद्यालयलाइ बधाइ दिदै आगामी दिनमा याे शाखलाइ जाेगाइ राख्नका लागि आग्रह समेत गर्नु भयाे । नगरपालिकाले हरेक सामुदायिक विद्यालयकाे ३ वर्षकाे एस.इ.इ परीक्षा, कक्षा ८ काे परीक्षा, सिकाइ उपलब्धी, विद्यार्थी भर्ना तथा टिकाउदर आदि कुरालाइ छनाेटकाे आधार बनाउने गरेकाे छ । बिध्यालयमा स्वीकृत दरबन्दी कम रहेकाले आन्तरिक श्रोत बाटै शिक्षक ब्यबस्थापन गरेर काम चलाईरहेको छ । उत्कृष्ठता हासिल गरे सँगै विद्यालयले दुईलाख रूपैया पुरस्कार प्राप्त गर्ने समेत जानकारी गराइएकाे छ ।