जाँतेमा ८९ जनाले गरे रक्तदान

जाँते, २७ जेठ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ स्थित जाँतेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लेटाङ–९ जाँते स्थित उज्ज्वल वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा ८९ पिन्ट रगत संकलन भएको छ । कार्यक्रममा संस्थाका शेयर सदस्य, पदाधिकारी तथा स्थानीय नगरवासी गरि ८९ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रश सोशाइटी रक्त सञ्चार केन्द्र विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सहभागीहरुलाई आयोजक संस्थाको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको थियो भने रक्त सञ्चार केन्द्र विराटनगरले रक्तदाता परिचयपत्र प्रदान गर्ने जनाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनको अवस्थामा रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव हुने देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष टंकबहादुर बूर्जाले जानकारी दिनुभयो । सो अवसरमा कोरोना भाइरसको संक्रमण नहोस् भनेर सामाजिक दुरी कायम गरिएको थियो भने कार्यक्रममा प्रवेश गर्नु अघि सेनिटाइजर प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *