कोरोना सङ्क्रमितलाई घृणा कि सम्मान ???

सुरेश अधिकारी, लेटाङ – गत फागुनमा चिनको वुहानबाट सुरु भएको कोभिड १९ (कोरोना) को प्रभाब विश्वका सबै राष्ट्रहरुमा परिरहेको छ । कोरोना सङ्क्रमण कै कारण स्वास्थ्य सेवामा सबैभन्दा ब्यबस्थित मानिएका अमेरिकन, अफ्रीकन तथा युरोपियन देशहरुमा अकल्पनिय तबरबाट धेरैले ज्यान गुमाए । एसियामा सबैभन्दा पहिला देखिएको यो सङ्क्रमणले बिश्वलाई आतङ्कित बनाउदैछ भने धेरै लामो समय नियन्त्रणमा रहेका दक्षिण पुर्बी एसियामा अहिले यसले प्रभाबित बनाईरहेको छ । दैनिक हजारौको सङ्ख्यामा ज्यान लिईरहेको कोरोना महामारीले बिश्वमा लाखौको ज्यान लिईसकेको छ भने करोडौ सङ्क्रमित छन । विश्वमा आर्थिक सङ्कट हुने आङ्कलन गरिएको छ भने बाचेका मध्ये करोडौले आफ्नो रोजगारी गुमाउनु परेको छ, पर्ने सम्भाबना छ । सङ्क्रमण सुरु भएको देशको सबैभन्दा नजिकमा रहेको हाम्रो देशमा सुरु भएको लगभग ६ महिना पश्चात कोरोनाको प्रत्यक्ष प्रभाब देखिएको छ । सुरु सुरुमा भारत तथा अन्य मुलुकबाट फर्किएका ब्यक्तिहरुमा मात्रै कोरोनाको भाईरस पाईएकोमा अहिले समुदाय स्तरमा नै यसले प्रभाब जमाउन थालेको छ । नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकोले कोरोनाको प्रभाब नेपालमा कम हुने भन्दै राज्य सयन्त्रबाट नियन्त्रणको लागि पर्याप्त तयारी नगर्दा अबका केहिदिन नेपालीहरुको लागि कष्टकर बन्ने निष्चित प्राय छ । यसैपनी नेपालमा स्वास्थ्य क्षेत्रमा कम लगानी गरिदै आएकोमा रोग बारेको चेतना कमजोर हुदा सङ्क्रमण पुष्टि भएकाहरुमा सामाजिक तथा मानसिक हिसाका घटनामा बृद्दी भैरहेको छ । कोरोना पोजेटीभ देखिएका ब्यक्तिको समाजमा चरित्र हिसा गर्ने, रोग सारेको भन्दै दोस लगाउने, स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको घर घेराउ गर्ने, तोडफोड गर्ने जस्ता कार्यले सङ्क्रमित ब्यक्ती तथा परिवारका सदस्यमा त्रास बढेको छ ।

सङ्क्रमणको सुरुवातको क्रममा क्वारेन्टाईनमा राखिएकाहरुलाई समेत ब्यबस्थित तबरबाट राख्ने गरिएकोमा अहिले सरकारले कोरोना पोजेटीभ देखिएकाहरुलाई समेत ब्यबस्था गर्न नसक्ने बताउदै आएको छ । एक ब्यक्तिलाई परिक्षणदेखी सामान्य क्वारेन्टाईनमा ब्यबस्थापन गर्दा पनि एकजना बराबर २-३ लाखसम्म खर्च हुने र राज्यले सो को ब्यबस्थापन गर्न नसक्ने भन्दै सरकारले कोरोना सक्रमण देखिएर पनि स्वास्थ्य स्थिती सामान्य रहेका ब्यक्तिहरुलाई घरमा नै सुरक्षित तबरले रहन आग्रह गरिसकेको छ । कोरोनाको सम्भाबनाको आधारमा स्वाब परिक्षण गर्ने बित्तिकै देखि आफन्त, साथिभाई र छिमेकिबाट सामाजिक तथा मानसिक हिसाको सिकार बन्नु पर्ने अबस्थामा कोरोना सङ्क्रमण पुष्टि भएका ब्यक्तिहरुले होम आईसोलेसनमा बस्न सम्भब होला त ?

होम आइसोलेसनमा वसेको ब्यक्ती तथा परिवारलाई समुदाय तथा सरकारी निकायले गर्ने ब्यबहारले उनिहरुमा रोगसङ्ग लड्ने क्षमता वृद्धिमा सहयोग पुग्ला कि नपुग्ला??? कोरोना सङ्क्रमित पुष्टि भएका ब्यक्तिलाई समुदाय तथा सरकारी पक्षले कुन तबरले सहयोग गर्ने? होम आईसोलेसनमा बस्ने ब्यक्तिले राज्यको २/३ लाखसम्म हुने खर्च कम गरे बापत के प्राप्त हुन्छ???समाज तथा आफन्तले कुन किसिमको व्यवहार गर्नु पर्ला?? सामाजिक हिसा कि सहयोग? सरकारी पक्षले बेवास्ता कि सम्मान?? यी प्रश्नहरुको उत्तर अब कोरोना सङ्क्रमितले होईन, समाजसेवामा लागेका ब्यक्तिहरुले खोज्नु पर्ने अबस्था आएको छ । यो प्रश्नको उत्तरको लागि यो घटना प्रस्तुत गर्न चाहन्छु ।

घटना:- कोरोना सङ्क्रमण नफैलियोस भनेर सुरुवाती समयमा नेपाल सरकारले र त्यसपछी स्थानिय सरकारहरुले लकडाउन गरेको भएता पनि स्वास्थ्य उपचारको लागि अस्पताल जान खुल्ला नै थियो । सोही अनुरुप दुई साता अघि बुवाको उपचारमा बिराटनगरको एक अस्पतालमा उपचार गर्न पुगेको मेरो एक परिचित परिवारका केही सदस्यलाई गत हप्ता कोरोना पोजेटीभ देखियो । आसपास कसैलाई कोरोना नदेखिएको अबस्थामा एकै परिवारका ४ जनामा कोरोना देखिएपछी सामान्री लक डाउन मात्रै गर्दै आएको स्थानिय तहले पुर्ण रुपमा नगरक्षेत्र सिल गरेर कन्ट्राक ट्रेसिङको आधारमा स्वाब सङ्कलन र परिक्षण गर्यो । पोजेटीभ देखिएको परिवारले आफुहरुलाई स्वास्थ्यमा कुनै समस्या नदेखिएको र घर पनि सुरक्षित रहेकोले होम आईसोलेसनमा नै बस्ने ईच्छा ब्यक्त गर्यो । नगरपालिका सिल गरि क्रमश: गरिएको परिक्षणको नतिजाबाट समेत अधिकाश सङ्क्रमण सोही परिवारमा देखियो । पटक पटकको स्वाब परिक्षणबाट एकै परिवारमा १२ जनालाई कोरोना पोजेटीभ देखियो र उहाहरु सबैले होम आईसोलेसनमा बस्ने ईच्छा ब्यक्त गर्नुभयो । उक्त शिक्षित तथा सामाजिक परिवारले सरकारले बनाएको मापदण्ड अनुसार होम आईसोलेसनमा बस्दा राज्यको न्युनतम २ लाखको दरले हुने खर्च जोगाउदा पनि २४ लाख रुपैया जोगियो । घरमा नै परिवारको हेरचाह गर्दै आफ्नै खर्चमा कोरोनालाई जित्न कम्मर कसेर लागेको उक्त परिवारलाई हौसला प्रदान गर्ने सगै सामाजिक दुर्व्यवहार गर्नेहरुको पनि कमी छैन । केहिले त परिवारले हस्पिटलबाट कोरोना सङ्क्रमण नगरपालिका भित्राएको भनेर आरोप लगाउनेसम्म गरेको सुनिन्छ । तर त्यो हुन न त परिवारको दोस थियो न त समुदाय कै । जोगिदा जोगिदै दुर्घटनाबस उहाहरुमा पोजेटीभ देखियो, जसलाई पराजित गर्न उहाहरु निजि खर्चमा लागि रहनु भएको छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता कत्ती ब्यक्ति तथा परिवारहरु दुर्घटनाबस कोरोना सङ्क्रमित हुनु भएको छ । अनि होम आईसोलेसनमा रहेका उहाहरुलाई सामाजिक बहिस्करण गर्ने कि? राज्य कोषको खर्च कम गराउन ब्यक्तिगत खर्चमा होम आईसोलेसनमा बसेर कोरोनालाई परास्त गर्ने हिम्मत गर्ने उहाहरुलाई हौसला प्रदान गर्ने? विश्व स्वास्थ्य सङ्गठनका अनुसार अझै केही बर्षसम्म यसको प्रभाब रहिरहने भनी रहदा आगामी दिनमा तपाईं हामीलाई यो सङ्क्रमण नहोला भन्न सकिन्न । त्यसैले कोरोना सङ्क्रमण देखिएका ब्यक्तिलाई घृणा होईन सम्मान गरौ ।

  • सुरेश अधिकारी, लेटाङ – २, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *