लेटाङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्षद्वारा जारी प्रेस विज्ञप्ती

लेटाङ, २२ चैत । नेपाल सरकारको नियमलाई पालना गर्दै राहत कार्यक्रमलाई एकद्वार प्रणालीबाट बाड्नु पर्नेमा आफु खुसि, प्रसासन तथा वडा कार्यालयलाई कुनै जानकारी नदिई केही ब्यक्तिहरु बस्तीमा पसेर स्वास्थ्य संबेदनशिलतालाई समेत ख्याल नगरी गरेको राहत वितरणकाे नाममा गरिएकाे क्रियाकलापको लेटाङ नगरपालिका वडा नं. ८ ले विज्ञप्ती मार्फत भर्त्सना गरेको छ । आज वडा अध्यक्ष भिम पोख्रेलद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ “असामान्य अवस्थामा सरकारले जनताको स्वास्थ्य रक्षाका निम्ति गरेका निर्णयहरु र लेटाङ नगरपालिकाको विपद ब्यवस्थापन समितिको मिति २०७६।१२।१७ गते सोमवारको निर्णय नं २ को बुदा नं. ६ अनुसार, लेटाङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भएको हैसियतले उक्त निर्णयहरुलाई अक्षरस पालना गर्ने गराउने जिम्मेवारी म र हामी सबैको हो ।” कोरोनाको महामारीमा स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर नगरपालिकाले समेत एकद्वार प्रणालीबाट राहत वितरण गर्न भनिरहेको वेला सरकारलाई समेत चुनौती दिंदै यसरी राहत वाँड्नु गलत भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती मार्फत वडा अध्यक्ष भिम पोख्रेलले उल्लेख गर्नुभएको छ “सामाजिक संजालका प्रयोगकर्ताले वडा अध्यक्षले राहत वितरण कार्यलाई रोक्नुभयो भन्ने विषय आएकाले मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यो महामारीमा हामी सवै एकै साथ मिलेर रोग र भोगका विरुद्ध यो मानवता विरुद्धको महासंकटमा लड्न म सदैव तयार रहनेछु भन्ने विश्वास दिलाउन चहान्छु । तर राहत वितरणका नाममा जनताको स्वास्थ्य संवेदनशिलता र महामारीको डरलाग्दो संक्रमणलाई रोक्ने तर्फ कुनै पनि सजगता नअपनाई गरिने कार्यलाई तत्काल रोकेर जनताको स्वास्थ्य खतरालाई रोक्ने पनि मेरो जिम्मेवारी भएको जानकारी सम्बन्धी सवैलाई गराउन चहान्छु ।” विज्ञप्तीमा भनिएको छ “यस सन्दर्भमा मिति २०७६चैत २१ गते शुक्रवारका दिन हाम्रो लेटाङ नगरपालिका वडा नं. ८ मा रहेको धमला टोलमा केही ब्यक्तिहरु राहत वितरणको नाममा साँझको समयमा म वडा अध्यक्षलाई तथा कुनै पनि जनप्रतिनिधीका साथै सुरक्षकर्मीलाई समेत जानकारी नदिई आवश्यक समन्वय नगरी पूर्व सुचना नदिई आवश्यक सावधानीका न्युनतम मापदण्ड समेत पूरा नगरी साँझको समयमा राहत वितरण भईरहेको भन्ने सुचना पाएपछि सम्वन्धित टोलमा म स्वयं पुगी राहत वितरण गर्ने समुहलाई यो सरकारको र नगरपालिकाको एकद्धार प्रणाली अन्तरगत राहत वितरण गर्नुपर्ने मानिसहरुको निश्चित दुरी कायम गरि वितरण गर्नुपर्ने, माक्स तथा पञ्जा आदि सुरक्षाका आवश्यक सामाग्री प्रयोग गरी वितरण गर्नूपर्ने, वडा अध्यक्षलाई तथा प्रहरीलाई जानकारी दिई उहाँहरुको उपस्थितिमा वितरण गर्नुपर्ने जस्ता अति संबेदनशील कुराहरुलाई ख्याल नगरी उक्त कार्य भएको देखिन आएकोले जनतालाई यस महामारीबाट बचाउन, संक्रमण फैलिन नदिन र निजहरुलाई भोकै पर्नवाट बचाउन वडा अध्यक्षको जिम्मेवारीलाई ख्याल गर्दै यस्ता कार्यहरु गर्नु जनताको भोक विरुद्ध उपयुक्त हँदाहुदै पनि भोलीका दिनमा आजको लापारवाहीले गर्दा पर्न जाने गम्भिर परिणामलाई वडा अध्यक्षको नाताले आवश्यक महशुस गरि नियम अनुसार सावधानी पूर्वक दिउँसो र आवश्यक ब्यक्ति तथा निकाय संग समन्वय गरी राहात वितरण गर्दा उपयुक्त हुने भनि उक्त राहत वितरणको कार्यलाई वडा वासीको स्वास्थ्य हीतलाई ध्यानमा राखी हाललाई अहिले यो राहत वितरण प्रक्रिया स्थगित गरौ भनि मैले भनेको हो ।” रोगको संक्रमण फैलिन नदिने प्रमुख दायित्व भएकाले सावधानी अपनाउँदै राहत वितरण गर्ने प्रति वडा कार्यालय सचेत रहेको भनिएको छ “यस परिस्थितिमा एकातर्फ संक्रमण फैलिन नदिन कायम राख्नुपर्ने न्यनुतम सावधानीलाई पूरा गर्नु गराउनु पर्ने जिम्मेवारी छ भने अर्को तर्फ लकडाउनको कारण दैनिक ज्यालामजदुरी गरिखाने विपन्न बर्गहरु जो रोगका साथसाथै भोक संग पनि जुधिरहनुभएको छ । उहाँहरुको बारेमा नेपाल सरकारले गरेका निर्णय अनुासार नै आवश्यक राहत सामाग्रीको बन्दोबस्ती तथा वितरण गर्नुपर्ने अर्को जिम्मेवारी हामी सवैको छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *